ङादी ग्रुप पावरले अवितरित पौने ९ लाख कित्ता सेयर बिक्री गर्दै
काठमाडौं,१९ फागुन । ङादी ग्रुप पावरले पौने ९ लाख कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २० गतेदेखि फागुन २८ गतेसम्म ८ लाख ७३ हजार ६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले गत पुस २३ गतेदेखि माघ १४ गतेसम्म १ करोड ८५ लाख १२ हजार ७१२।२२५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ८ लाख ७३ हजार ६१ कित्ता अवितरित सेयर बिक्री गरेको हो ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्