बलेफी हाइड्रोको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं,१९ फागुन । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि विक्रीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लकइनमा रहेको संस्थापक समूहको ६ लाख ७६ हजार १९१ र सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ता तथा लकइनमा नरहेको सर्वसाधारणको ६ लाख १३ हजार ५७३ कित्ता शेयरको विक्री खुलाएको छ ।
कम्पनीको यस शेयर जोकोही व्यक्ति व्यक्ति, संघसंस्था वा कम्पनीले खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
सेयर खरिदका लागि बोलपत्र फाराम एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौंका साथै चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगन्ज र गोल्छाचोक विराटनगरका शाखा कार्यालयमा पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्