आज मौसम सफा रहने

काठमाडौं, १९ फागुन। केहि दिनदेखि पश्चिमी वायु प्रणालीका कारण परेको वर्षा आजदेखि हटेर जानेका भएको छ । मौसम विज्ञान विभागले आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन ।

देशका पहाडी भू-भागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्