मर्जर घोषणासँगै समाज लघुवित्तको सेयरको मूल्यमा भारी गिरावट, ग्रामीणको भने १० प्रतिशत बढ्यो

काठमाडौं,१८ फागुन । समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता भएसँगै यी २ कम्पनीको बजार भाउमा ठूलो उतारचढाव देखिएको छ । समाजको सेयर मूल्यमा भारी गिरावठ आएको छ भने ग्रामीण विकास लघुवित्तको भने १० प्रतिशत बढेको छ ।

समाज र ग्रामीण लघुवित्त संस्थाहरुबीच सेयर स्वाप रेसियो तय भएको छैन । यद्दपि, समाजका सेयरधनीले १ बराबर १ को सेयर स्वाप अनुपात पाए भनेपनि उनीहरुलाई निकै घाटा हुने देखिएको छ । यद्दपि, समाज लघुवित्त भन्दा ग्रामीणको वित्तीय अवस्था निकै राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्