एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार (आज)बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा मुख्यत सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ ।

एमाले केन्द्रीय कार्यालय सचिव डा‍.भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताए ।

सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ ।

पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो । यसले गर्दा दुई तिहाइको सरकारको नैनितकता प्रश्न उठेको छ ।

 

प्रतिक्रिया दिनुहोस्