धनुषमा एक महिलाको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा फेला, श्रीमान् बेपत्ता

काठमााडौं, १७ फागुन । देशभर अपराधी घटनाहरु एक पछि अर्काेगरि घटिरहेका छन् । दिन प्रतिदिन अपराध बढ्दै गएकोछ । यस्तै  अपराधी घटना धनुषामा भएको छ । धनुषमा एक महिलाको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा फेला परेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका – बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा फेला परेको हो । उनी हराएको एक सातापछि सथनीय छिमेकी र प्रहरुको खाजविन पछि यस्तो रहस्य पक्ता लागेको हो ।

स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
त्यसक्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए ।

सो घटनामा श्रीमान् हरिराम यादव फरार रहेका छन् । यसरी रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । रामहरिसँगै उनीहरूका १० महिनाकी छोरीको पनि पत्तो लागेको छैन । उनको अवस्था पनि के कस्तो छ कुनैपत्तने छैन ।
स्थानीयका अनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद भएको थियो । भोलिपल्टै रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएका थिए । मंगलबारदेखि रामहरि पनि बेपत्ता भए ।

एकाएक घरका सबै हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डीएसपी सिंहले शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको जानकारी दिए । पोस्टमार्टमको रिपोटसँगै थप अनुसन्धान गरि सत्यतथ्य अनसन्धान गरिरहको उनले बताए । उनले हमाी अपारधीलाई पक्रन्छौ र नयाँ शिराबाट अनुसन्धान गछौं । अन मिात्र सत्य तथ्य पक्ता लाग्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्