नारायणहिटी अगाडी राजावादीको प्रदर्शन, श्रीपेच लगेर राजालाई लगाउने चेतावनी
काठमााडौं, १७ फागुन । शाही युवा शक्तिको अगुवाईमा सामाखुसीमा जम्मा भएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू दरबारमार्ग पुगेका छन् । उनीहरुले नारायणहिटीमा श्रीमान् गम्भीर नेपाली गाएका छन् ।
नारायणहिटी सङ्ग्रहालयमा राखिएको श्रीपेच लगेर राजालाई लगाउने उनीहरुले चेतावनी दिएका छन्। शनिबार शाही युवा शक्तिको ब्यानरमा र्यालीसहितको विरोध प्रदर्शन भएको हो।
यहि फागुन ७ गतृ प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले विशेष सन्देश प्रबाह गर्दै जनताको लागि गरेको त्यागलाई कमजोरी नठानियोस्, बोल्ने सहि समय आएको छ । यहि गतिविधि र जनताले यस्र्त दुःख पाउने हो भने यसलाई टेलुटुलु हेरेर नबस्ने चेतानी दिएको थिए । यो भनाईसँगै राजावादीहरु अहिले हौसिएका छन् ।
प्रतिक्रिया दिनुहोस्