हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपात: मध्यपहाडी लोकमार्गको सडकखण्ड अवरुद्ध

काठमााडैं, १६ फागुन । पश्चिमी मन्सुनी वायुको प्रभावले हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपात परेको छ । यसका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । तर किसान भने हषित भएका छन् । हिमपात पर्दा खेतीपाती सप्रने गर्दछ । त्यसलै किसान खुशी छन् ।

गएराति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध भएको हो । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउमा समस्या भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख राम औंतार चौधरीको अनुसार सडकमा हिउँ परेसँगै सवारी साधनहरूको आवागमनमा समस्या भएको छ ।

विहान केही सवारी साधन आफ्नो गन्तव्यमा जान कोसिस गरे पनि हिउँ परिरहेकाले अहिले सवारी साधनहरू रोकिएको चौधरीले जानकारी दिए । बर्सेनि यो सडकखण्डमा हिमपातका कारण अवरोध हुने गरेको छ। हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुँदा सवारी साधनसहित यात्रुहरूलाई समस्या हुने गरेको छ। यसले यात्रुहरुलाई सास्ती भोग्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्