परराष्ट्रमन्त्री राणा चढेको जहाज कोलकाता डाइभर्ट
काठमाडौं,१६ फागुन । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ल्याड गर्न नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।
राणाका सल्लाहकार एकराज पाठकले दिएको जानकारी अनुसार दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको हो ।
काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता ल्याण्ड भएको उनले बताए ।
परराष्ट्रमन्त्री राणा जेनेभामा राष्ट्रसंघको बैठकमा भाग लिएर स्वदेश फर्कदै थिइन् ।
मौसममा आएको परिवर्तनका कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।















प्रतिक्रिया दिनुहोस्