टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्ने
काठमाडौं,१६ फागुन । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको नियुक्त गरेको छ ।
यस सम्बन्धी सम्झौतापत्रमा टाइम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेशको नवलपुर जिल्ला, गैंडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स डब्लुएचओ जीएमपी प्रमाणित औषधि उत्पादक कम्पनी हो
स्थापना भएको २ वर्षपछि अर्थात् सन् १९९७ देखि आफ्नो व्यावसायिक उत्पादन सुरु गरी कम्पनीले स्थापनाको २८ वर्षमा विभिन्न थेराप्युटिक सेगमेन्टका २०० भन्दा बढी उत्पादनहरुको बजारीकरण गर्न सक्षम भएको कम्पनीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्