सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनीको बैंक खातामा पठाउन थाल्यो नगद लाभांश
काठमाडौं,१६ फागुन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउन थालेको छ ।
कम्पनीकोे ३१औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश करसहित पारित भएको थियो । सोही दिनबाट शेयर रजिस्ट्रार एनएमबि क्यापिटलबाट शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाउन थालिएको कम्पनीले जनाएको छ ।
सेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन थालिएको कम्पनीले जनाएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई आफूलाई पायक पर्ने निक्षेप सदस्य ९डीपी०मा डिम्याट खाता खोली शेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ । डिम्याट खाता खोलेर त्यसमा उल्लेखित बैंक खातामा नगद लाभांश पठाइने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यसैगरी डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीहरुलाई खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ । बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै व्यहोर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।















प्रतिक्रिया दिनुहोस्