ने.कां. सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं,१६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे बैठक बस्ने भएको छ । यस बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको हो ।

यस बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत रहेको छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ ।

‘संसदमा पेश भएका विधेयकलाई समयमै पारित गराउन कांग्रेसले सक्रियता लिने बारेमा छलफल हुन्छ । पार्टीको सांगठनिक सुदृढीकरण गर्ने र ‘भ्रातृ संस्थाको अधिवेशन समयमै गराउन छलफल हुने मुख्य सचिव पौडेल बताए ।

शीर्ष नेताको बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्