बनेपाको होटलमा युवती मृत भेटिइन्

काठमाडौं,१६ फागुन । काभ्रेको बनेपास्थित होटलमा एक महिला मृत भेटिएकी छन्।

बिहीबार साँझ ६ बजे बनेपा नगरपालिका कार्यालय अगाडि रहेको होटल भ्यू एन्ड पाहुना घरको दोस्रो तल्लाको कोठा नम्बर ११५ मा एक महिला मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत भेटिएकी महिला बनेपा नगरपालिका-६ बुडोलकी २३ वर्षीय शर्मिला श्रेष्ठ रहेको खुलेको छ ।

घटनास्थलको प्रकृति हेर्दा ती महिलाको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले होटलको सिसीटिभी फुटेज संकलन गरी घटनाको अनुसन्धान गरिरहेको छ । होटलबाट प्राप्त सिसीटिभी फुटेजमा सोही समयमा एक जना संकास्पद पुरूष बाहिर गएको देखिएको छ ।

प्रहरीले त्यसलाई आधार बनाएर थप अनुसन्धान अगाडि बढाएको छ । पूर्ण अनुसन्धानपछि यस सम्बन्धमा के भएको हो बताउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्