सानिमा रिलायन्सले बोलायो साधारण सभा
काठमाडौं,१६ फागुन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्स्ले आगामाी चैत ८ गते, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १.२४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने,लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले फागुन २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन्। ।















प्रतिक्रिया दिनुहोस्