६.१ म्याग्निच्युड मापन गरिए पनि कुनै क्षती छैन, जानकारी लिनेकाम हुँदै

काठमाडौं । आज्  बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।
शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो ।

सिन्धुपाल्चोक भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिकाको स्थिति सामान्य रहेको पालिकाले जनाएको छ । भूकम्पको धक्का महसुस भएदेखि नै आफूहरुले वडास्तरबाटै जानकारी लिने प्रयासरत भने रहेको पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारुी दिए ।

‘भूकम्पको केन्द्रबिन्दुर भएर होला । धक्का त ठूलै महसुस गरिएको थियो तर क्षतिबारे अहिलेसम्म जानकारी आएको छैन’, उनले भने, ‘राति भूकम्प गएर थाहा नभएको पनि हुन सक्छ । वडावडाबाटै जानकारी लिने काम भने भइरहेको छ ।’

 

पालिकामा एक ठाउँ सुख्खा पहिरो झरेपनि बिहानै खुला गरिसकेको शेर्पाले जानकारी दिए । ‘त्यो पनि नयाँ पहिरो होइन, पुरानै हो । अलिअलि ढुंगा झरेको थियो’, उनले भने, ‘बिहानै सशस्त्रको टोलीले हटाइसक्यो ।’

भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिका(१ का वडाध्यक्ष साङ्बु लामाले पनि हालसम्म क्षतिबारे जानकारी नआएको जानकारी दिए । ‘जानकारी लिने काम भइरहेको छ । खासै क्षति पुर्‍याएको देखिएन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्