नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३.२७ गुणा बढीको आवेदन

काठमाडौं,१५ फागुन । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीको आईपीओमा १३.२७ गुणा बढी आवेदन परेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकीसम्ममा इन्स्योरेन्सको आईपीओमा १९ लाख ९७७ जनाको आवेदन परेको छ । यस कम्पनीमा आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता बराबर २ अर्ब ४४ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको आईपीओ माग गरेका हुन् ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । यस मध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्