ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कञ्चनपुरमा युवतीको मृत्यु

१५ फागुन, धनगढी । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहरा छन् ।

शुक्लाफाँटा नगरपालिका-५ को वन समितिमा बिहीबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार बोहराको मृत्यु भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

ट्रक नियन्त्रणमा लिएपनि चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्