साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा
काठमाडौं,१५ फागुन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
कर्पोरेसनले चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५८ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजदेखि शुरु हुनेछ ।
साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने, ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितको लागि जम्मा गरेको रहत रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने भएको छ । फागुन २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। ।















प्रतिक्रिया दिनुहोस्