नेष्डो समृद्ध लघुवित्तले डाक्यो वार्षिक साधारणसभा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ ।
लघुवित्त सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो । सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्। ।
सभाले अन्य एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव अनुमोदन गर्ने, गत आ.व.को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आ.व.का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायत प्रस्ताव पारित गर्नेछ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनको लागि लघुवित्तले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। ।















प्रतिक्रिया दिनुहोस्