टुँडिखेलमा मनाइयो २६२ औं सेना दिवस
काठमाडौं,१४ फागुन । नेपाली सेनाले विभिन्न कार्यक्रम गरी २६२ औं सेना दिवस मनाएको छ । सेना दिवसको अवसरमा बुधबार सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी थिए ।
यस अवसरमा सैनिक मञ्चमा परेड, तोप बढाइ, कवाजलगायत विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नाका साथै सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भएको थियो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थहरू को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्