नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा मागभन्दा ९.५५ गुणा आवेदन बढि

काठमाडौं,१३ फागुन । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा १ करोड ७६ लाख २९ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । आज साँझ ५ः०६ बजेसम्ममा १३ लाख ५३ हजार ४२६ जना सर्वसाधारण आवेदकहरुले १ अर्ब ७६ करोड २९ लाख ३० हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ९.५५ गुणाले बेसी हो ।

इन्सुरेन्सले फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्