मेक्सिको र क्यानडामाथि कर लगाउने समयसीमा छिट्टै घोषणा : राष्ट्रपति ट्रम्प
काठमाडौं,१३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गरेका छन् ।
मेक्सिको र क्यानडामा करको लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूलाई करहरू लगाउने कार्य अगाडि बढिरहेको बताएका छन् ।
अमेरिकासँग क्यानडा र मेक्सिको मात्र नभइ अन्य देशहरुले पनि नराम्रो व्यवहार गरेको र अमेरिकाबाट फाइदा उठाएको भन्दै उनीहरुमाथि पनि कर लगाउने बताए । अमेरिका सबैसँग पारस्परिक सम्बन्ध चाहने भन्दै अरुले शुल्क लगाए आफूहरु पनि शुल्क लगाउने बताए ।
फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । विशेष गरी क्यानाडाली ऊर्जा उत्पादनहरूको लागि १० प्रतिशत कर वृद्धि गरिएको छ । फेब्रुअरी ३ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा थप कर एक महिनाको लागि स्थगित गर्ने घोषणा गरेका थिए ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्