नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ,१२ फागुन । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको नाममा रहेको ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यस सेयर लागि लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ ।
उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले प्रकाशित गरेको सूचनामा जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्