कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ,१२ फागुन । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यस सेयरमा बैंकका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

यस संस्थापक सेयर भाउ बिक्रेताले तोके बमोजिम हुने छ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर बिक्री नभएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्