जमर्नीको चुनावमा कन्जरभेटिभ पार्टी विजयी
काठमाडौं,१२ फागुन । जमर्नीमा आइतबार भएको आम निर्वाचनामा कन्जरभेटिभहरुको क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयु) विजयी भएको छ ।
यससँगै कन्जरभेटिभ नेता फ्रेडरिक मर्ज जर्मनीको नयाँ चान्सलर बन्ने देखिएका छन् । मर्जको पार्टीले जर्मन संसद बुन्डस्टागमा २८.६ प्रतिशत मत पाउँदै पहिलो दल बनेको हो । यद्दपि, मर्जले सत्ता गठबन्धनका लागि कडा चुनौती सामना भने गर्नुपर्ने देखिन्छ ।
बुन्डस्टाग चुनावमा चरम दक्षिणपन्थी अल्टरनेटिभ फर जमर्नी पार्टी करिब २१ प्रतिशत मत ल्याउँदै दोस्रो स्थानमा आएको छ । आप्रवासी विरोधी विचारधारा र रुसमैत्री धारण बोकेको एफडीलाई अमेरिकी अर्बपति इलन मस्कले समेत समर्थन गरेका थिए ।
मर्जको सीडीयु र अन्य दलहरुले एफडीसँग काम नगर्ने पहिलादेखि नै बताउँदै आएका छन् । जसले मर्जलाई सत्ता गठबन्धनका लागि चुनौती थपिएको छ । वैचारिकरुपमा विभाजित जर्मनीमा सत्ता गठबन्धनका लागि महिनौं लाग्ने देखिन्छ ।
नयाँ चान्सलर बन्ने तयारीमा रहेका मर्जले मतदान समाप्त भएको केही घण्टाभित्रै जर्मनीले आफ्नो सुरक्षा व्यवस्थालाई मौलिकरुपमा पुनर्निर्माण गर्नुपर्ने र अमेरिकासँगको दशकौंदेखिको निर्भरता अन्त्य घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्