सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं,९ फागुन । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सको सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्