विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं,८ फागुन । विशाल बजार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांस प्रयोजनका लागि फागुन ९ गते शुक्रबार बुक क्लोज गर्दैछ ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत अन्तरिम नगद लाभांश करसहित वितरण गर्नेछ । सो प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ ।
सभा त्रिभुवन आर्मी अफिसर क्लब, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आज फागुन ८ गते बिहीबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।















प्रतिक्रिया दिनुहोस्