कांग्रेस सभापति देउवा भारतको प्रयागराज जाँदै

काठमाडौं,७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । भारतको उत्तरप्रदेश राज्यको प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् ।

समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ । कुम्भ मेलाको समापन यहि १४ फागुनमा हुँदैछ ।

नेपालबाट थुप्रै नेताहरु समेत मेलामा सहभागी भएर फर्किएका छन् । कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी लगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर नेपाल फर्कि सकेका छन् भने देउवा गंगा स्नानका लागि जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्