७५औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइयो
काठमाडौं, ७ माघ । टुँडिखेलमा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो । आज सरकारले सार्वजनीक विदा सहित विभिन्न कार्यक्रमको आयोजना गरि देशभर राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदै छ । पदर्शन गरिएको छ ।
चार शहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द, , गङ्गालाल श्रेष्ठको बलीदानीबाट प्राप्त प्रजातन्त्रलाई संथागत गर्न आवश्यक छ । त्यही जगकाने आठमा टेकेर हाल संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । विभिन्न २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । आज प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु चुनौति थपिएको छ । जनतामा निरासा आएकोछ । विकास भन्ता विकृति र सिंगति भित्रिएको छ । व्यवस्था परिवर्तन भयो जनताको अवस्था परिवर्तन भएन भन्ने सबैको बुझाई छ । केहि नेता र कार्यकर्ताको हातमा देशको ताल्चा चावी गएर र जनताले सास्ती भोग्न परेको छ । जनताले यसलाई राम्रसरी बुझेका छन् । यसलाई नेताहरुले कमजानरीकोर रुपमा लिएमा गलगत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्