प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं,७ फागुन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको २ लाख २१ हजार ६ सय ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरिएको छ । साविकका संस्थापक शेयरधनीहरुबाट कुनै शेयर खरिदको आवेदन नपरेकोले सर्वसाधारणका लागि यस सूचना प्रकाशित गरिएको हो ।

त्यस्तै, उक्त शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्