प्रकृति लम्सालको न्यायका लागि नेविसंघको प्रदर्शन
काठमाडौं,६ फागुन । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजीमा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै नेविसंघले दबाबमूलक प्रदर्शन गरेको छ ।
पद्मा कन्या क्याम्पसमा अध्ययनरत नेविसंघका नेता कार्यकर्ताले न्यायको पक्षमा बागबजारमा प्रदर्शन गरेका हुन् । पद्मकन्या विद्यार्थीले ‘जटिस्स फर प्रकृति लम्साल’, ‘बोल्न देउ सरकार’, ‘सुरक्षा अधिकार हो, विशेष अधिकार होइन’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका हुन् ।
बुटबल घर भएकी २० वर्षीय लम्सालको आइतबार मृत्यु भएको थियो । इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत विद्यार्थी लम्साल मानसिक यातनाका कारण मृत्यु भएको भन्दै विद्यार्थीहरू आन्दोलनरत छन् ।
प्रतिक्रिया दिनुहोस्