एकीकृत समाजवादीले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक
काठमाडौं,६ फागुन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालयमा जारी छ । स्थायी कमिटीको बैठक सकिएपछि एकरएक दिनको फरकमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक राखिएको छ ।
पार्टीको पोलिटब्युरो बैठक ७ गते कार्यालयमै बोलाइएको छ । तर केन्द्रीय कमिटी बैठक भने ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बस्ने महासचिव घनश्याम भूसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्