महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता: पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि
काठमाडौं, ५ फागुन । सोमबारदेखि सुरू महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । ११औं मिनेटमा बिमला चौधरीले गरेको गोलले पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो ।
सबिता रानामगरको क्रसमा बिमलाले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।
आज दिउँसो भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको छ । आजको खल नेपालको लागि निकै अवसर हुने छ ।
प्रतिक्रिया दिनुहोस्