अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, धनराज आचार्यको उपचार भने जारी
काठमाडौं,५ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा गत शनिबार बेलुन फुटेर घाइते भएका अर्थमन्त्री पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार भने चलिरहेको अस्पतालले जनाएको छ । उनीहरू दुवैको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।
मन्त्री पौडेलको घाउ निको हुँदै गएकोले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको कीर्तिपुरस्थित बर्न अस्पताल प्रशासनले जनाएको छ ।
धनराज आचार्यको स्वास्थ्यमा केहि समस्या भएकाले अरुकेही दिन उपचार गरिने अस्पताल प्रशासनले बताएको हो ।
प्रतिक्रिया दिनुहोस्