निर्वाचन अघिको ७२ घन्टे मौन अवधी हटाउन माग

काठमाडौं निर्वाचन अघिको ७२ घन्टे मौन अवधी हटाउन सरोकारवालाहरुले माग गरेका छन् । मौनअवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो अवधि हटाउनुपर्ने माग उनीहरुले गरेका हुन् ।

सामूहिक अभियानले आयोजना गरेको ‘पैसालाई पछ्याउँदा’ विषयक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सरोकारवालाहरुले सामान्य मानिसले चुनाव लड्न नसक्ने गरी पैसाको प्रयोग बढेकामा हटाउन आग्रह गरेका हुन् ।

काठमाडौँका १० निर्वाचन क्षेत्रमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न अधिकतम खर्चको सिलिङ २५ लाख तोकिए पनि कार्यान्वयन हुन नसकेकामा सहभागी वक्ताको चिन्ता व्यक्त गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले निर्वाचनमा सरकारी निकायले भन्दा उम्मेदवारले बढी खर्च गरेको प्रतिवेदन सार्वजनिक भइरहेकाले भ्रष्टाचार अझै बढ्ने संकेत गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्