हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं,४ फागुन । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले फागुन २७ गते, अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८।७५ प्रतिशतका दरले नगद लाभांश करसहित वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ । फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।

 

प्रतिक्रिया दिनुहोस्