आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं,४ फागुन । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँमा ८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश कर सहित वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ । फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। ।

प्रतिक्रिया दिनुहोस्