विचाराधीन विधेयकहरूलाई अघि बढाउने प्रमुख सचेतकहरूको निर्णय
काठमाडौं, ४ फागुन । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ ।
नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । यसले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने सबै पक्षसँग छलफल गर्ने सहमती भएको छ ।
प्रतिक्रिया दिनुहोस्