बलेफी हाइड्रोको १७ लाख बढी अवितरित हकप्रद सेयर लिलामीमा

काठमाडौं,२ फागुन । बलेफी हाइड्रोपावर लिमिटेडले आफ्नो हकप्रद सेयर निष्कासनपछि अवितरित शेयर लिलाम बडाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १ः१ हकप्रद विक्री गरेर बाँकी रहेको १७ लाख ९८ हजार ६ सय ५६ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।

कुल १ करोड ६४ लाख ८१ हजार ०४४ कित्ता सेयर योग्य सेयरधनीहरूलाई बाँडफाँट भइसकेको छ । तर, ९.८३५ अर्थात् १७ लाख ९८ हजार ६ सय ५६ कित्ता सेयरमा आबेदन नपरेपछि लिलामीमार्फत बिक्री गर्न लागिएको हो ।

बलेफी हाइड्रोपावरले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । तर, योग्य सेयरधनीहरूले पूर्ण रूपमा आवेदन नदिएपछि बाँकी रहेको सेयर अब सर्वसाधारणको लागि लिलामीमार्फत बिक्री गरिने कम्पनीको भनाई छ ।

यस लिलामीमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन्। बलेफी हाइड्रोपावरको हकप्रद सेयर लिलामीको व्यवस्थापनका लागि एनआईएमबि एस क्यापिटल लिमिटेडलाई जिम्मा दिइएको छ ।

न्यूनतम बोलपत्र मूल्य एक सय रुपैयाँ तोकिएको छ भने न्युनतम आबेदन कित्ता १०० तोकिएको छ । बलेफी हाइड्रोपावरले सर्वसाधारणका लागि फागुन ५ गतेदेखि १९ गतेसम्म लिलामी प्रक्रियालाई खुला गरेको छ । कम्पनीले जारी सूचना अनुसार लगानीकर्ताले तोकिएको नियमअनुसार बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्