उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात, तराईमा हुस्सु र कुहिरो
काठमाडौं, २ फागुन । हाल देशमा पश्चिमी यायुको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीको तराईका केही स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ । दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखा अनुसार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातको समयमा पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्