शंखरापुर बस दुर्घटनामा परेका २७ जना डिस्चार्ज, गम्भीर घाइते १ एकलाई मेडिसिटी अस्पतालमा उपचार हुँदै
काठमाडौं, १ फागुन । गम्भीर घाइते एक जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ,’ एसपी बोहराले भने, ‘अवस्था गम्भीर भएको चिकित्सकहरूले बताउनुभएको छ ।’
शंखरापुर नगरपालिकास्थित वडा नम्बर ५ मा विद्यार्थीहरू बनभोज गएर फर्किएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।
चाबहिलस्थित सत्यसाई (एसएस) एकेडेमीका विद्यार्थीहरू काठमाडौंको शंखरापुर र काभ्रेको मण्डनदेउपुर नगरपालिकाको सिमानामा पर्ने कात्तिके डाँडामा बनभोज कार्यक्रम सकेर फर्किंदै गर्दा बस दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको बुधबार साँझ नै मृत्यु भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्