तारागाँउ रिजेन्सी होटल्सको खुद नाफामा सामान्य वृद्दि

काठमाडौं,१ फागुन । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा सामान्य बढेको छ ।

होटल्से चालु आर्थिक वर्षको दास्रो त्रयमासको अन्त्यसम्ममा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी सामान्य बढेसँगै खुद नाफा पनि सामान्य बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.८२ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी ३.८२ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.२९ प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २१ पैसा घटेर १९ रुपैयाँ ४ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२५ गुणा रहेको छ ।

१ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस होटल्सको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्