नेसनल लाइफ इन्सुरेन्सको नाफामा वृद्घि, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं,३० माघ । नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्सुरेन्सको खुद नाफा बढेको छ ।
इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ९.४० प्रतिशत बढि हो । गत वर्ष इन्सुरेन्सले २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी २ अर्ब ६९ करोड २७ लाखबाट बढेर २ अर्ब ९२ करोड ३९ लाख पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा पनि सुधार आएको हो । कमिसन आम्दानी ३ करोड ६ लाख कायम भएको छ । गत वर्ष इन्सुरेन्सको कमिसनबाट २ करोड ५१ लाख आम्दानी भएको थियो ।
५ अर्ब २१ करोड २१ लाख चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ७३ करोड ९३ लाख रुपैयाँ देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.७५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४.०१ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्