आईएमई लाईफ इन्स्योरेन्स गर्यो लाभांश घोषणा
काठमाडौं,३० माघ । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स कम्पनीको माघ २९ गते साँझ बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कायम चुक्ता पूँजीको २१।०५ प्रतिशत अर्थात एक अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्