सीइडीबी होल्डिङ्स लिमिटेडको मुनाफामा आकर्षक वृद्धि
काठमाडौं,२९ माघ । सीइडीबी होल्डिङ्स लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २९०.५८ प्रतिशत वृद्दि भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २९०.५८ प्रतिशतले बढेर २० करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ५ करोड ३६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । यसअवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी २२४.३२ प्रतिशतले बढेर २३ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा चुक्ता पुँजी २३.२१ प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।
सीइडीबी होल्डिङ्सको चुक्ता पुँजी ८३ करोड ९४ लाख रुपैयाँ रहेकोे छ । कम्पनीको रिजर्भ कोषमा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५१ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १५८.०६ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्