शिखर इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं,२९ माघ । शिखर इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
शिखर इन्सुरेन्सले प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गर्न फागुन १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
इन्सुरेन्सको चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ ।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको छ ।
प्रस्तावित बोनस सेयर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्