इमर्जिङ्ग नेपालको सञ्चालन आम्दानी शतप्रतिशत बढ्यो

काठमाडौं,२९ माघ । इमर्जिङ्ग नेपाल लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.९१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५१ लाख ८२ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगैे खुद नाफा पनि बढ्न पुगेको छ । यस अवधिमा कम्पनीको यस्तो नाफा ३७.२५ प्रतिशत बढेर ९३ लाख ८८ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीके अन्य स्रोतबाट हुने आम्दानी ६०.३१ प्रतिशत घटेको छ भने कुल खर्च २८.६६ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९२ पैसा बढेर ३ रुपैयाँ ३८ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ४८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५५.०७ गुणा रहेको छ ।

५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्