सर्वोत्तम सिमेन्टको नाफा उल्लेख्य वृद्दि

काठमाडौं,२९ माघ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य वृद्दि भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६८९.२४ प्रतिशतले धेरै हो । गत वर्ष यसैअवधिमा कम्पनीले ३ करोड ५ लाख नाफा कमाएको थियो ।

सञ्चालन आम्दानी २ अर्ब ९२ करोड ९४ लाखबाट बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च २२ करोड ९६ लाखबाट घटेर १५ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफा बढेको हो ।

४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनीको अदर इक्विटीमा ३ अर्ब ९७ करोड जम्मा छ । इपीएस ९.७ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्