प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं, २९ माघ। प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संसद बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण(पहिलो संशोधन. विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । आज पनि सरकारले ल्याएको अध्यादेश पेश गर्ने कार्यसूचि छैन ।
प्रतिक्रिया दिनुहोस्