राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन
काठमाडौं, २८ माघ । राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ।
९२ वर्षीया दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
‘उहाँको आज दिउँसो निधन भएको छ र उनको सन्तान छैनन्। बहिनी र ज्वाइँका परिवार घरमै ल्याएर राख्नु भएको थियो। बहिनीको छोराको पनि निधन भइसकेकोले नातिले काजकिरिया गगर्ने पारिवारिक स्रोतले जनाएको छ ।
दाहाल २०३८ सालमा काठमाडौंबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्।
२०३८ सालमा दाहाल र जोगमेयर श्रेष्ठ निर्वाचित भएका थिए। दाहालले ६५ हजार सात सय ७० मत ल्याएकी थिइन्।
२०४३ सालमा दाहाल र श्रेष्ठ दुवै पराजित भएका थिए। जनपक्षीय उम्मेदवारका रूपमा चिनिएका पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठ निर्वाचित भएका थिए। दाहाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्